समय : ०८:२० am | बुधबार , वैशाख ३० गते २०८३

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्‍गे पुल निर्माण, १० वटा निर्माणाधीन

अर्थ विशेष | असार ६ गते २०८१

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका ६ वर्षमा ६३ झोलुङ्‍गे पुल निर्माण भएका छन् भने १० वटा झोलुङ्‍गे पुल निर्माणाधीन छन्।प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्‍गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ। प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्‍गे पुल निर्माण सुरु हुने चरणमा छन्।

प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्‍याउन नदी तथा खोलामा झोलुङ्‍गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ।स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्‍गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्‍गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छु, निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले भने।

पोखरा महानगरपालिका(२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्‍गे पुल वरदान सावित भएको बताए।

याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन सुरु गरेको उनले सुनाए।

हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै टिमिरेचौर थियो, त्यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्योु, उनले भने, ुपछि सबै हेम्जातिर सरेपछि त्यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ।

प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्‍गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ। उनले पुल बनाउन जग्गादान गरेका थिए।

खेतमा आवातजावतको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले पछाडि परेको टिमिरेचौरमा अहिले चहलपहल देखिन्छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत ९१ लाखको लगानीमा उक्त पुल बनेको हो। तल्लो टिमिरचौरमा पनि झोलुङ्‍गे पुल बनिसकेको छ। चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्