समय : ०८:१९ am | बुधबार , वैशाख ३० गते २०८३

आज बढ्यो सुनचाँदीको मूल्य

अर्थ विशेष | असार ६ गते २०८१

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्