समय : ०९:१० pm | शनिबार , चैत्र २१ गते २०८२

आजदेखि मनकामना केबलकार सञ्चालन

अर्थ विशेष | असाेज १ गते २०८२

मुग्लिन । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ ।

केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए ।गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्