समय : १२:३७ am | सोमबार , चैत्र १५ गते २०८२

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा

अर्थ विशेष | भाद्र २० गते २०८२


काठमाडौं ।नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री नभएको शेयर लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री गरेको थियो ।

कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

इन्स्योरेन्सले संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्