समय : ०८:५७ am | बुधबार , वैशाख ३० गते २०८३

सरकार र आन्दोलनरत पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति

अर्थ विशेष | असार ३ गते २०८१

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिने भएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्