काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कम्पनीले कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समुहका कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
कम्पनीद्वारा खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा भन्ने नाराका साथ आयोजित प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ ।
उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र शीर्ष गोलकर्तालाई पुरस्कार प्रदान गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले भने खेलकुद केवल मनोरञ्जन मात्र होइन, यसले टिम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबुत बनाउँछ ।