समय : ०२:४२ am | बिहिबार , चैत्र ११ गते २०८२

सामान्य अंकले बढ्यो नेप्से

अर्थ विशेष | भाद्र २ गते २०८२

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन् ‘धेरै दिनदेखि घटेको बजारमा आज घट्न रोकिएको छ । यसले बजारले बटम लगाउँदै गरेको मान्न सकिन्छ । किनकी अहिले सहज तरलताको अवस्था छ । बैंकहरुको बेस रेट पनि कम रहेको छ । राष्ट्र बैंक पनि लचक नै रहेको छ ।’ कम्पनीहरुको रिपोर्ट पनि राम्रो नै आएको, लाभांशको सिजन सुरु भएको
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन् ‘धेरै दिनदेखि घटेको बजारमा आज घट्न रोकिएको छ । यसले बजारले बटम लगाउँदै गरेको मान्न सकिन्छ । किनकी अहिले सहज तरलताको अवस्था छ । बैंकहरुको बेस रेट पनि कम रहेको छ । राष्ट्र बैंक पनि लचक नै रहेको छ ।’ कम्पनीहरुको रिपोर्ट पनि राम्रो नै आएको, लाभांशको सिजन सुरु भएकोर अन्यत्र लगानीको अवसर नरहेका कारण बजार सम्हालिने प्रयास गरेको लम्सालको तर्क रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्