समय : ११:५४ am | बुधबार , चैत्र ११ गते २०८२

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी

अर्थ विशेष | श्रावण १२ गते २०८२


काठमाडौं। गत असार २३ गते रसुवामा आएको बाढीबाट क्षति भएको भन्दै ८४ करोड बढीको बिमा दाबी माग भएको छ ।

नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति भएको भन्दै साउन ८ गतेसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी माग भएको जनाएको छ ।

प्राधिकरणका अनुसार बीमा दाबीमध्ये सबैभन्दा धेरै ५८ करोड १ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा ६ वटा सङ्ख्यामा माग दाबी भएको छ ।

त्यस्तै, सामुद्रिक बीमा ७ वटा सङ्ख्यामा १६ करोड २३ लाख १० हजार र इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत ३ वटा सङ्ख्यामा ५ करोड ४० लाख बराबरको बीमा माग दाबी भएको छ ।

मोटर बीमा (सार्वजनिक) अन्तर्गत ३८ वटा सङ्ख्यामा २ करोड ५९ लाख ५० हजार र मोटर बीमा (निजी) अन्तर्गत १४ वटा सङ्ख्यामा २ करोड १४ लाख ५० हजार बराबर बीमा दाबी भएको प्राधिकरणले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्