काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको नाफा बढेको छ । बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ३ करोड ८६ लाख रुपैयाँबराबरको ख्द नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ ।
तथ्यांकअनुसार रबैंकको वितरणयोग्य मुनाफा ६ लाख ७ हजार रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिशेयर आम्दानी १०.६७ प्रतिशत छ । त्यस्तै, बैंकको रिटेन्ड अर्निङ ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार पनि ५ करोड १६ लाखबाट बढेर ६ करोड ५१ लाख पुगेको छ ।
समीक्षा अवधिमा ६ अर्ब ३७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । चौथो त्रैमाससम्म बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवसम्म २ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ६८लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकको प्रतशेयर आम्दानी १२.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ, तरलता अनुपात ३३.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात १२२.०७ गुणा कायम भएको छ । यस्तै बैंकको खराब कर्जा अनुपात ३.३३ प्रतिशत कायम भएको छ ।









