समय : ०९:२७ pm | बुधबार , श्रावण १४ गते २०८२

शेयर बजारमा गिरावट

अर्थ विशेष | जेठ २९ गते २०८२

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ०८ अंकले घटेर २,६५५ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावरका लगानीकर्ताले ६ दशलमव १७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्