समय : ०१:१४ pm | बिहिबार , चैत्र १२ गते २०८२

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | जेठ २८ गते २०८२

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ६९ अंकले घटेर २,६६४ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, पियोर इनर्जी, सीनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्