समय : ०१:१५ pm | बिहिबार , चैत्र १२ गते २०८२

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ २३ गते २०८२

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीअनुसार हुने जनाइएको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्