म्याग्दी । म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाकायुवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बनेका छन् ।रोजगारको सिलसिलामा कतारमा दुई वर्ष काम गरेपछि घर फर्किएका४१ वर्षीय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्यागेका थिए।
उनले भने, ‘मरुभूमिको देशमाकाम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु ।’पुनले विगत १४ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आएका छन् । उनलाई भेडीगोठमा उनकै छोरा प्रतिक पुनले सहयोग गरे । विद्यालयतहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लागेको हो । गाउँमा परम्परागत रुपमाहुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामापुगेपनिपुनकाबाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन् ।
सुरुआतमा ६ लाखलगानीमा १५० वडा भेडाखरिद गरेर घुम्तीगोठ सुरु गरेका पुनको भेडिगोठमा अहिले ३०० भेडा छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रिहुने गरेको पुनले बताए । वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमापालनगरिने भेडा, साँड र खसीको मागअत्यधिकहुने भएकाले विक्रिकालागिबजारको अभाब हुँदैन् ।
खासगरी विभिन्नथानहरुमाभाकलपूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्यकार्यहरुकालागिखसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताउनुभयो । भेडापालनलाई व्यवसायिक र व्यवस्थितगर्न पुनले भेडापालन फर्म नै दर्ता गरे ।
भेडापालनमा लागेको बर्षौ भएपनिअहिलेसम्म राज्यबाट कुनै सुविधानपाएको पुनको गुनासो छ । बार्षिक रुपमाफर्मबाट सरकारलाई कर तिर्देै आएपनिआफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्तनभएको उनले बताए ।
परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउनमागगर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रकाबुकीमात्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ ।
अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुलाआकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षतिव्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन् ।
पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ । चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आएका छन् । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमागोठ झार्ने गरिन्छ ।










