समय : ०६:५३ pm | बिहिबार , वैशाख ११ गते २०८२

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व संकलन

अर्थ विशेष | वैशाख ११ गते २०८२

पर्सा । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु. सात करोड ३६ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले संकलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढंगले वृद्धि भइरहेको र यस अवधिसम्म रु. सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व संकलन भएको जानकारी दिए । “कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु. चार करोड ३० लाख राजस्व संकलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु. तीन करोड छ लाख ५५ हजार राजस्व संकलन भएको छ । पछिल्ला महिनामा राजस्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”, उनले भने ।

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा रु. एक करोड दुई लाख रकम राजस्व संकलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवा प्रवाहलाई चुस्त बनाएसँगै राजस्व संकलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु. तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व संकलन भएको छ ।

यातायात क्षेत्रको आम्दानीबापत रु. ४० लाख ८४ हजार ५४० राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु. २५ हजार ५०० र बेरुजुबापत रु. ६७ हजार ३३६ रकम संकलन भएको छ । कार्यालयले चालु आवमा करिब रु. १० करोड राजस्व संकलन हुने अनुमान गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्