समय : ०६:४७ pm | बिहिबार , वैशाख ११ गते २०८२

नेरुडे मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा

अर्थ विशेष | वैशाख १० गते २०८२

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो ।
सभा आगामी जेठ ५ गते धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । यस्तै साविक मिर्मिरे लघुवित्तको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० फागुन २९ गतेको वासलात, सोही वर्षको साउन १ गतेदेखि फागुन २९ गतेसम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको ३ र सर्वसाधारण समूहको ३ जजा गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्