ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु भएको महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिनेछ । सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्याबु शेर्पा र लाक्पा शेर्पा रहनुभएको उनले जानकारी दिए ।महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिनेछ । सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्याबु शेर्पा र लाक्पा शेर्पा रहनुभएको उनले जानकारी दिए ।
यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ‘कञ्चनजङ्घा हीरक महोत्सव’ को उद्घाटनका लागि आज हेलिकप्टरमार्फत ताप्लेजुङको लेलेप पुगेका छन् । उनीसँगै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई पनि महोत्सवमा सहभागी हुन लेलेप पुगेका हुन् ।










