समय : ०२:१६ am | सोमबार , वैशाख १३ गते २०८३

गभर्नर बन्ने लगभग पक्का भएपछि गुणाकर भट्टले कार्यकारी निर्देशकबाट दिए राजीनामा

अर्थ विशेष | वैशाख ५ गते २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट गुणाकर भट्ट राजीनामा दिएका छन्।

केन्द्रीय बैंक स्रोतका अनुसार भट्टले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। गभर्नर बन्ने लगभग निश्चित भएपछि भट्टले राजीनामा दिएको हुन सक्ने स्रोत बताउँछ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकको गभर्नरमा भट्टलाई नियुक्त गर्ने सहमति भएको खबर सार्वजनिक भएको थियो। सोही आधारमा आफूलाई सरकारले गभर्नरमा नियुक्त गर्ने निश्चितप्रायः भएपछि भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन सक्ने राष्ट्र बैंक स्रोत बताउँछ।

अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट लामो समयदेखि राष्ट्र बैंकमा सेवारत थिए। उनी हाल केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागमा प्रमुख थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्