समय : ०७:१८ pm | मङ्गलबार , चैत्र १० गते २०८२

समृद्धि फाइनान्सका नवनियुक्त सीईओ घिमिरेले ग्रहण गरे पदभार

अर्थ विशेष | वैशाख ३ गते २०८२

काठमाडौं । समृद्धि फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले मंगलबार कम्पनीका अध्यक्ष ठाकुर प्रसाद भट्टराईसँग पदभार ग्रहण गरेका छन् । सञ्चालक समितिको फागुन २८ गते सम्पन्न ५१४ औं बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरि अवकाश भएका घिमिरेसँग गोर्खाज फाइनान्समा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव समेत रहेको छ । नेपाल राष्ट्र बैंकमा नै रहँदा समस्यग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुख भएर कार्य गरेको अनुभव समेत रहेको छ । नियामक निकाय र वित्तीय संस्थामा कार्यनुभव भएका घिमिरेको कार्याकालमा समृद्धि फाइनान्सले समृद्धिको यात्रा चुम्ने विश्वास संस्थाले लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्