समय : ०६:४३ pm | बिहिबार , वैशाख ११ गते २०८२

सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर ल्याउने

अर्थ विशेष | चैत्र २९ गते २०८१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीका प्रबन्धक रन्जु लम्सालका अनुसार कम्पनीले २७ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिति समेत तोको छ । कम्पनीले वैशाख ५ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र इन्स्योरेन्सले बिक्री गर्ने हकप्रद शेयरमा सहभागिता जनाउन पाउने छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयशर बिक्री गर्न अनुमति दिइसकेको प्रबन्धक लम्सालले जानकारी दिएकी छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने लम्सालले बताइन् । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्