समय : ०९:३२ pm | सोमबार , वैशाख १४ गते २०८३

सुशासन समितिले थाल्यो निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल

तारा पौडेल | चैत्र २० गते २०८१

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र अघि बढाउन संसदीय समितिलाई अनुरोध गरेका छन्।उक्त विधेयक प्रतिनिधिसभामा विसं २०८० असोज २६ गते दर्ता भएको थियो। दर्ता भएको एक वर्षपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो।

मन्त्री गुप्ताले विधेयकमाथि दफावार छलफल गरी यथाशीघ्र संसदीय समितिबाट अघि बढाउन अनुरोध गरे। उनले नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको नियमन र व्यवस्थापन गर्दै क्रसर तथा बालुवा प्रशोधन उद्योग दर्ता, नियमन खारेजी तथा कर वा शुल्कजस्ता विषयमा अन्यौलता स्पष्टता कायम गर्न विधेयक ल्याइएको जानकारी दिए।मन्त्री गुप्ताले विधेयकमाथि दफावार छलफल गरी यथाशीघ्र संसदीय समितिबाट अघि बढाउन अनुरोध गरे। उनले नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको नियमन र व्यवस्थापन गर्दै क्रसर तथा बालुवा प्रशोधन उद्योग दर्ता, नियमन खारेजी तथा कर वा शुल्कजस्ता विषयमा अन्यौलता स्पष्टता कायम गर्न विधेयक ल्याइएको जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्