काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । Sponsored
उनलाई चैत ११ गतेबाट लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिका कम्पनीका सीईओ प्रकाश चन्द्र अधिकारीको नियुक्ती खारेज गरिएको थियो ।
चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१० औं बैठकले अधिकारीको नियुक्ती खारेज गर्दै सो सम्बन्धमा कुनै सम्झौता नगर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको ५०३ औं बैठकबाट निर्णय भई सीईओ पदमा नियुक्त गरिएका अधिकारीले आफूलाई नियुक्ती गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कम्पनीमा सीईओ भई कार्य गर्न असमर्थता व्यक्त गर्दै कम्पनीको सञ्चालक समिति समक्ष पत्र लेखेका थिए ।









