समय : १०:२४ am | बुधबार , चैत्र ११ गते २०८२

अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल

अर्थ विशेष | माघ ६ गते २०८१

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने भएको छ । चालु आर्थिक वर्षको ६ महिना समय बित्दा वार्षिक लक्ष्यको १४.८ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त गर्न सफल भएकाले सरकारले लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने देखिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आइतबार अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । जब कि सरकारले चालु आर्थिक वर्षमा ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिमा सरकारले रकमको आधारमा ४.८ प्रतिशत बढी र लक्ष्यको आधारमा समान वैदेशिक अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण पनि लक्ष्य अनुसारको प्राप्त गर्न नसक्ने देखिएको छ । समीक्षा अवधिमा सरकारले ४१ अर्ब ३७ करोड वैदेशिक ऋण प्राप्त गरेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो ।

समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा भने सरकारले रकमको आधारमा १० प्रतिशत बढी वैदेशिक ऋण लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्