काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।
ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै,आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।









