समय : ०१:५३ pm | सोमबार , चैत्र ९ गते २०८२

कोटेश्वरमा हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा

अर्थ विशेष | पौष १५ गते २०८१

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाण्डौ महानगरपालिका–३२, कोटेश्वरंबाट पुस १४ गतेदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्