समय : ०७:३४ am | मङ्गलबार , पौष ९ गते २०८१

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

अर्थ विशेष | मंसिर १० गते २०८१

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले औपचारिक चीन भ्रमणका क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने बताएका छन् ।

सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा ओलीले बिआरआई ऋणको परियोजना नभएको बताउँदै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको बताए ।

ओलीले भने, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ ।’

‘ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’

उनले भने, ‘सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउँनुको कुनै अर्थ छैन । विश्वा शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको बताए । दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्ने बताएका छन् ।

उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’का रुपमा कसैले लिन नहुने आग्रह गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको बताए ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको बताएकी छिन् । उनले प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिमरुप दिने बताइन् ।

मन्त्री डा.राणाले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताएकी छिन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्