समय : ०७:१८ am | मङ्गलबार , पौष ९ गते २०८१

चार महिनामा पौने ६ खर्बको वैदेशिक व्यापार, निर्यात ४.१६ प्रतिशतले बढ्यो

अर्थ विशेष | मंसिर ७ गते २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ ।

भन्सार विभागका अनुसार साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो । त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो ।

कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो । चार महिनामा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबर छ । यो अघिल्लो आवको तुलनामा ०.२६ प्रतिशत कम हो । अघिल्लो आवमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड बराबर रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष चार महिनाको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९०.७० प्रतिशत र निर्यात हिस्सा ९.३० प्रतिशत छ । निर्यात सामान्य बढ्दा हिस्सासमेत सुधार भएको छ । गत आवको तुलनामा निर्यात हिस्सा ३.६२ प्रतिशतले बढेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्