काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको बजेट समीक्षा सम्पन्न गरेको छ । संस्थाले कात्तिक ५ गतेदेखि ८ गतेसम्म चितवनको होटल पेरेडाइस सौराहामा गोष्ठी सम्पन्न गरेको हो ।
संस्थाको मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण शाखा प्रमुख र अनुगमन अधिकृत सहभागी भएको गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक जनरल म्यानेजनर राजेन्द्र न्यौपाने र कमल बहादर खत्रीको उपस्थिति रहेको थियो भने उनिहरुले नै सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका तालिम तथा ग्राहक सुरक्षा विभागका प्रमुख विमल चौधरी र सहायक प्रमुख अधिकृत गणेश घिमिरे सहभागी भएका थिए । साथै, कार्यक्रममा शाखा व्यवस्थापकहरू गौतम बच्चार, बिजयकुमार चौधरी, दयाराम चौधरी, नन्दुराय यादव, बिजयकुमार चौधरी, सुमनकुमार यादव, नगेन्द्रप्रसाद यादव, त्रिविक्रमराज चौधरी, शिवजीकुमार शाह, अमितकुमार गुप्ता, सम्भुकुमार यादव, ललितकुमार शाह, रामप्रसाद चौधरी, अर्जुनकुमार गंगई, प्रमोदकुमार पण्डित, खुश्बुकुमार राम, रमनकुमार मण्डल, गोविन्द सुवेदी, सन्जयकुमार राम, शिवशंकर यादव, महेन्द्रप्रसाद राजवंशी र हेमनारायण शाहको उपस्थिति रहेको थियो ।
त्यस्तै, कार्यक्रममा रविन्द्रकुमार तिवारी, सरोजप्रसाद यादव, प्रमोदकुमार गुप्ता, ब्रजेशकुमार कुशुवाह, सन्तोषकुमार दास, सरोजकुमार झा, ज्ञानेन्द्रकुमार यादव, बिमलकुमार चौधरी, अरविन्दकुमार कुसवाह र रामाशंकर सिंह लगायत ५ सय जना बढीको उपस्थिति रहेको थियो ।
बजेट समीक्षा अन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्यसम्पादनको विषयमा समीक्षा गर्दै आगामी कार्ययोजनाबारे पनि छलफल गरेको संस्थाले जनाएको छ ।










