समय : ०७:०१ pm | बिहिबार , असार ४ गते २०८३

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

अर्थ विशेष | असार ४ गते २०८३

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जलपर्यटनका रुपमा विकास गर्न त्यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिएको र विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए ।

उनँले गाउँपालिकाको भौगोलिक बनावटले जीप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिव १२ किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताए । नेपालगन्ज र कोहलपुर बजार जानका लागि सडक सञ्जाल समेत रहेको औल्याउदै अध्यक्ष पौडेलले स्थानीय तहकातर्फबाट पर्यटन प्रर्वद्धनका लागि नीजि क्षेत्रलाई लगानी गर्न आग्रह गरे । उनले भने “यसका लागि कम्तिमा पनि करिव रु. ४ करोडको हाराहारीमा लगानी आवश्यक हुन्छ यसले बाँकेको अर्थतन्त्रमा कायापलट ल्याउन सक्छ ।”

नीतिगत तहबाट समेत पालिका नीजि क्षेत्रलाई सहयोग हुने गरी काम गर्न तयार रहेकोमा जोड दिदै पौडेलले नीजि क्षेत्रको सहयोगबाट परियोजना सफल हुने विश्वास व्यक्त गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्