काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ९० अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।