समय : ११:४५ pm | आइतबार , वैशाख २७ गते २०८३

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र २५ गते २०८१

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

बैंकले सेयरको संख्या भने खुलाएको छैन ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्