समय : ०४:३६ am | सोमबार , वैशाख २७ गते २०८३

बकैयामा ‘ट्र्याक’ खोलियो

अर्थ विशेष | भाद्र २१ गते २०८१

मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा आवतजावत गर्न नयाँ ट्र्याक खोलिएको छ । वषौंदेखि बाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाले करिब एक किलोमिटरको नयाँ ट्र्याक खोलेको हो ।

जितपुर–फेदी मोटर बाटोका लागि ट्र्याक खोलिएको कार्यालय प्रमुख ई भूमिनन्द ढकालले जानकारी दिए । नयाँ ट्र्याक खालिएसँगै सो क्षेत्रका बासिन्दालाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ । “डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ”, बकैया गाउँपालिका–१२ का नीरज घलानले भने, “अब बाटोका लागि ट्र्याक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।” उनले नयाँ ट्र्याक खोलिएको बाटोलाई आगामी दिनमा बाटो स्तोन्नति गर्न माग गरे । यस्तै सो कार्यालयले आव २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडकमा कालोपत्र गरेको छ ।

कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलो किमी र चितवनका २२ किमी कालोपत्र गरिएको छ । ती दुवै जिल्लाका २५ सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ई ढकालले जानकारी दिए।

उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चार कल्र्भटको निर्माण सम्पन्न भइसकेको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ म चितवनको माडी र रत्ननगर दुई उद्यानसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्