गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीले संयुक्त उपक्रम सम्झौतामा (जोइन्ट भेन्चर–जेभीए) मा हस्ताक्षर गरेका छन् ।
कम्पनीले यसप्रकारको रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवर्द्धन गर्ने र ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने बताएको छ ।
सम्झौतामा कम्पनीका निर्देशक अक्षय गोल्याण र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले औपचारिक रूपमा हस्ताक्षर गरेका छन्। उक्त अवसरमा गोल्याण ग्रूपका प्रमुख वित्तीय अधिकृत (सीएफओ) संजय साह र गोल्याण ग्रूपका ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण अर्यालसहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति थियो।
यो सम्झौताले हरित भविष्यको हाम्रो साझा दृष्टिकोणलाई जोड दिने कम्पनीले बताएको छ ।










