समय : ११:५७ am | सोमबार , वैशाख २८ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो मोबाइल बैंकिङ्गमार्फत ५ लाखसम्मको कर्जा सुविधा

अर्थ विशेष | भाद्र १७ गते २०८१

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ्ग एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा शुरु गरेको छ।

यो सुविधा मार्फत् कम्पनीका योग्य ग्राहकहरुले ५ लाख रुपैयाँसम्मकोे कर्जा एनआईएमबी स्माट एपमार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।

कम्पनीले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले एक महिना भित्र वा बढिमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् ।

साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैपटक तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।

ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत इमेल भेरिफिकेसन गरि सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिष्टर गर्न सक्नेछन् । एनआईएमबी स्मार्ट लोनको लागि योग्य हुन कम्पनीले तोकेका विभिन्न मापदण्डहरु पुरा गर्नु पर्ने बताएको छ

ग्राहकहरूलाई आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ्ग क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरुपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको कम्पनीका डिजिटल भुक्तानी विभाग प्रमुख बिश्व सिंहले जानकारी दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्