समय : ०४:०७ pm | सोमबार , वैशाख २८ गते २०८३

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि पाउने

अर्थ विशेष | भाद्र १३ गते २०८१

ग्लोबल आइएमई लघुवित्तले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक शेयरधनीका नाममा ६ हजार ९६९कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो तर अन्य संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संगठित संस्थाले आगामी भदौ २० गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा- २६, विजयपुर कास्कीमा आफूले किन्न चाहेको शेयर संख्या खुलाएर आवेदन दिन सक्नेछन् ।प्रतिकित्ता शेयरको मूल्य ४५० रुपैयाँ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्