रसुवा । वर्षाका कारण मानसरोवर कैलाश जाने चीन तर्फको भू-भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ ।
केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरी पुलबाट आउजाउ गर्न थालेका छन् ।






