समय : ०१:५५ am | मङ्गलबार , वैशाख २८ गते २०८३

सांग्रिला डेभलपमेन्ट बैंकको २.१५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र ७ गते २०८१

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यसमध्ये बैंकले १ लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र ७५ हजार ६७२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्