समय : ०४:५३ am | मङ्गलबार , वैशाख २८ गते २०८३

‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’

अर्थ विशेष | भाद्र ६ गते २०८१

जनकपुरधाम ।गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्द्धन गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । बिहीबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको उनले बताए ।

सरकारले राखेको लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्र र समाजका हरेक वर्गको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।

गृहमन्त्रीले भने, “नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जन आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थापनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्