समय : ०७:४९ pm | सोमबार , वैशाख २८ गते २०८३

सर्वसाधारणका लागि समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र ६ गते २०८१

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

कम्पनीले पहिलोपटक गत असार २९ गते ३५ दिने सूचना जारी गर्दै ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधीनीहरुबाट ४४ हजार ९१९ कित्ताका लागि खरिद आवेदन परेको थियो । बाँकी २० हजार कित्ता भने बिक्री भएको थिएन । उक्त बिक्री हुन बाँकी रहेको सेयर कम्पनीले आजदेखि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्