समय : ०५:३९ am | मङ्गलबार , वैशाख २८ गते २०८३

मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

अर्थ विशेष | भाद्र ५ गते २०८१


काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गरेको हो ।
शर्मालाई भदौ ५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

संस्थाले गत साउनमा सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्