समय : ०३:२१ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अर्थ विशेष | श्रावण ३२ गते २०८१

काठमाण्डौ । बानेश्वरस्थित समाज डेन्टल हस्पीटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताबमोजिम प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाको संयुक्त हस्ताक्षबीच सम्पन्न भएको थियो ।

प्रभु बैंकले नेपालभर रहेको आफ्ना ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्