समय : ०५:१४ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छूट

अर्थ विशेष | श्रावण ३० गते २०८१

सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छूटको सुविधा ल्याएको छ ।

सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा उक्त रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छूट प्राप्त सकिने कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छूटको विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ । कम्पनीको सात वटै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्