समय : ०६:११ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

खुल्यो पृथ्वी राजमार्ग

अर्थ विशेष | श्रावण ३० गते २०८१

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका-३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो ।
मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्