समय : ०६:५१ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

पहिरोमा परी ज्यान गुमाएकाका ११ परिवारलाई राहत

अर्थ विशेष | श्रावण २९ गते २०८१

बागलुङ । गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।

प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका परिवारलाई २ लाख उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका हुन् ।

ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमा नै पुगेर उपलब्ध गराएको उनको भनाइ छ । बरालले सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति बनाएको र सोही प्रदान गरेको बताए ।

बडिगाड–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौजनाको ज्यान लिएको थियो । एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए ।

गम्भीर घाइते १९ वर्षीया रीमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही दिन वडा नं ९ नयाँबस्तीमा पहिरोमा दुईजनाको ज्यान गएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्