समय : ०७:१९ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | श्रावण २९ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेर अल टाइम हाईको उचाईमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २१ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत साउन २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्