काठमाडौं । सरकारले सामाजिक तथा आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने अभियान चलाउने भएको छ ।
यस कार्यक्रम अन्तर्गत ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गरिने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन्।
उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत् यस्तो अभियानको घोषणा गरेका हुन् । सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने पनि उनले बताए ।
उता अर्थमन्त्री वाग्लेले देशभरका दलित बालबालिकालाई बाल पोषण भत्ता दोब्बर बनाएर मासिक एक हजार रुपैयाँ बनाएको घोषणा गरे ।
उनले उच्च गरिबी भएका मधेश, कर्णाली र सुदूरपश्चिमका बालबालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको बताए ।
उनले सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको बताए ।





