काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि घोषणा गरिएको बोनस सेयरपश्चात शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।हकप्रद जारीबाट प्राप्त हुने रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्नुका साथै कम्पनीको ऋण चुक्ता गर्न उपयोग गरिनेछ । हकप्रद निष्कासनको प्रस्ताव अनुमोदनका लागि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।
सिंगटी हाईड्रोले शतप्रतिशत हकप्रद जारी गर्ने









