समय : ०५:०१ pm | शनिबार , मंसिर २७ गते २०८२

बुटवल पावरको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढ्यो

अर्थ विशेष | कार्तिक २८ गते २०८२

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी घटेको छ । अघिल्लो आवमा २ करोड १६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ८९ लाख ४५ हजार अन्य आम्दानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक २.४९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६५.०६ गुणा र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्