गण्डकी ।पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन। यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो। ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ। प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ।
प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल गतिविधिले पोखराको पर्यटनमा बेग्लै आकर्षण थपेका छन्। बर्सेनि ठूलो संख्यामा देशीविदेशी पर्यटक साहसिक र रोमाञ्चक खेलको अनुभव बटुल्न पोखरा आउँछन्। एरियल स्पोटर्स विधामा पर्ने स्काइडाइभिङ यतिबेला पोखरामा सञ्चालन भइरहेको छ।विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ त्यसयता वर्षको एक/दुई याममा आयोजना हुँदै आएको छ। विशेषगरी असोज/कात्तिक र चैत/बैशाखको पर्यटकीय याममा स्काइडाइभिङका लागि आउनेको सङ्ख्या बढी हुन्छ। यस याममा यही नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ शनिबारसम्म सञ्चालन हुनेछ।
विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ त्यसयता वर्षको एक/दुई याममा आयोजना हुँदै आएको छ। विशेषगरी असोज/कात्तिक र चैत/बैशाखको पर्यटकीय याममा स्काइडाइभिङका लागि आउनेको सङ्ख्या बढी हुन्छ। यस याममा यही नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ शनिबारसम्म सञ्चालन हुनेछ।








