समय : १२:१८ pm | मङ्गलबार , पौष १ गते २०८२

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

अर्थ विशेष | कार्तिक २७ गते २०८२

काठमाडौं । नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

निगमले आज (बिहीबार) एक सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरेको हो ।

आयोगले सूचनामा रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनेको छ ।

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेशा गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्