समय : १०:४३ am | मङ्गलबार , पौष १ गते २०८२

एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने

अर्थ विशेष | कार्तिक २१ गते २०८२

काठमाडौं । नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत एमसिएन नेपालको काम गर्ने निर्माण कम्पनी वा सेवा प्रदायक कम्पनीले आयकर बुझाउन नपर्ने भएको छ ।

मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर सो निर्णय गरेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसिए–नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसीसी फन्डिङ (नेपालको योगदानसमेत) बाट आर्जित आयमा आर्थिक वर्ष २०८२/२३ को लागि आयकर छुट दिने निर्णय मिति २०८२/४/१८ मा गरेकोले यो सूचना प्रकाशन गरिएको छ’, सचिव घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्